एमाले अध्यक्ष केपी शर्मा ओलीले बढी मात्रा दूध उत्पादन भए दूध प्रयोग गरेर चकलेट उद्योग खोल्न वा पाउडर दूध बनाउन आग्रह गरेका छन् । शनिबार काठमाडौंमा एमाले निकट किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिल्क होलिडेको नाममा किसानले उत्पादन गर्ने दूध खेर जान नदिन आग्रह गरे । उनले ब्यङ्ग्य गर्दै भने– ‘के हो मिल्क होलीडे भनेको ? भैसीलाई सम्झाउ न, गाईलाई सम्झाउन न मिल्क होलिडे । किसानलाई सम्झाएर हुन्छ ? के हो मिल्क होलीडे भनेको ? मिल्क होलीडे भने दुध दुहेर फ्य