सिमकोट– हुम्ला सदरमुकामस्थित नापी कार्यालयनजिकै बिजुलीको खम्बाबाट करेन्ट लागेर एउटा गाई मरेको छ। गाई बिजुलीको खम्बामा टाँसिएपछि करेन्ट लागेको थियो। बालमन्दिर चोकस्थित नापी कार्यालय नजिकैको बिजुलीको खम्बाबाट आएको करेन्ट लागेर गाई मरेको प्रत्यक्षदर्शी ज्ञान बहादुर रोकायाले जानकारी दिए। हावाले बिजुलीको लाइन छुट्दा खम्बामा छोएको र सो खम्बामा गाई टाँसिएर करेन्ट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। […]