संखुवासभाको मादी हत्याकाण्डमा एक वृद्ध सकुशल रहेका छन् । ५७ वर्षीय छोरा तेजबहादुर कार्कीसहित परिवारका ६ सदस्य गुमाएका ९३ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका हुन् । सामान्य घाइते भएका उनी कान र आँखा देख्न नसक्ने अवस्थामा रहेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । घटनामा ५७ वर्षीय कार्कीसहित ६ जनाको हत्या भएको छ । मृत्यु हुनेमा ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका