सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विध म्यानेजमेन्टका सञ्चालकविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । सार्वजनिक पदमा बहाल रही राजीनामा दिई व्यापारमा लागेको अवस्थामा कम्पनीको कारोबार नै रोक्का हुनेगरी भएको मुद्दा दायरका सम्बन्धमा कारण देखाउ आदेश जारी भएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विध म्यानेजमेन्टका सञ्चालकमध्येका एक भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचारको मुद्दामा कम्पनीलाई समेत विपक्षी बनाउनुको आधार र कारण माग