चूडामणि शर्माको मुद्दा ‘हेर्न नभ्याउने’ मा

राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएका सहसचिव चूडामणि शर्मा ढकालको मुद्दा हेर्न नभ्याउनेमा परेको छ । विशेष अदालतमा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहेपनि पहिलो नम्बरको मुद्दा नसकिएका कारण उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार दिनेश अर्याल प्रतिवादी रहेको मुद्दाको सुनुवाइ भइरहेको र उक्त मुद्दाको सुनुवाइ नसकिएको कारण सहसचिव शर्माको मुद्दा हेर्न नभ्याउने सूचीमा परेको हो । तत