एजेन्सी। आधुनिक चिकित्सा पद्धति एलोपेथीबारे दिएको बयानका कारण विवादमा मुछिएका योगगुरु रामदेवविरुद्ध देशद्रोहको आरोपमा बिहारको एक अदालतमा मुद्दा दायर गरिएको छ। मुद्दाको सुनुवाई ७ जुनमा हुने अदालतले बताएको छ। रामदेवविरुद्ध मुद्दा हाल्ने व्यक्ति ज्ञान प्रकाश नामका हुन्। उनले शीर्ष राजनेता, बलिउड कलाकारलगायतमाथि विगतमा मुद्दा हालिसकेका छन्। पतञ्जलिका संस्थापक रामदेवले हालै एलोपेथीका कारण कोरोना संक्रमण वृद्धि भएको बताएका थिए।