सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट नहटाउन आदेश दिएको छ । अध्यक्ष प्रजापतिले महासंघ केन्द्रीय समिति, अध्यक्ष विपुल पोखरेल, जिल्ला कार्यसमिति र जिल्ला उपाध्यक्ष सुन्दर शिल्पकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले महासंघविरुद्ध रिट जारी हुने फैसला गरेको हो ।