सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामुक्त गर्न आदेश गरेको छ ।शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । पत्रकारको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख १२ मा उनिहरुलाई काठमाडौंबाट प