नवलपरासी – नवलपरासीको बौदीकाली गाउँपालिका – ६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन वाचा पूरा नहुँदा उहाँ निराश हुनुभएको छ ।
‘नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौँ भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन,’ गुरुङले भन्नुभयो, ‘सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।’ बिजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको...