निशा गुरुङहेटौंडा : मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आगामी मंसिर १५ गतेदेखि जैविक कृषि विषयमा स्नातकोत्तर र विद्यावारिधिको पढाइ सुरु गर्ने भएको छ। थाहा नगरपालिका–९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पठनपाठन सुरु गर्नका लागि भवन, प्रयोगशाला लगायतका पूर्वाधार निर्माण गरिरहेको छ। संघीय सरकारको करिब १ अर्ब ३९ करोड रुपैयाँ लागतमा गत आव २०७९ साउन १८ गतेपछि निर्माण कार्य सुरु भएको विश्वविद्यालयले हालसम्म