वैशाख ७, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ ।
कम्पनीले चैत २७ गते सम्पन्न ७२औं वार्षिक साधारण सभाद्वारा पारित २ प्रतिशत नगद लाभांश (कर समेत) चैत १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको र सो मिति पश्चात अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत नगद लाभांश बैंक खातामा नै जम्मा गरिने जानकारी दिएको छ ।
तसर्थ, हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुले यथाशिघ्र आफूले डिम्याट खाता खोलेको निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई नेपाल क्लियरिङ हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सहितको विवरण अद्यावधिक गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।
कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।