काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्ध सञ्चालित अस्पताललाई सहयोग विस्तार गर्दै लगेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकाका विभिन्न अस्पतालको स्वास्थ्य पूर्वाधार निर्माणमा आर्थिक र भौतिक सहयोग गरिरहेको हो ।
टोलटोलमा ससाना आइसोलेसन निर्माण गर्दा पर्याप्त स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवा पु¥याउन कठिन हुने र त्यसले बिरामीको ज्यान झनै जोखिममा पर्ने भएकाले महानगरपालिकाले विभिन्न अस्पतालको स्वास्थ्य पूर्वाधार निर्माणमा आर्थिक र भौतिक सहयोग गरिरहेको छ ।