सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार दुई सय ५० रूपैयाँ आर्थिक सहयोग गरेको छ। सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान […]