एभरेष्ट बैंकद्वारा कर्णाली प्रादेशिक अस्पताललाई सहयोग

काठमाडौं (अस) । एभरेष्ट बैंकले  कर्णाली प्रादेशिक अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई मेडिकल उपकरण सहयोग गरेको हो । त्यस्तै कर्णालीकै कोपिला भ्याली स्कुलका विद्यार्थीलाई झोला वितरण गरिएको बैंकले जानकारी दिएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले बुटवलको लक्ष्मी पार्कमा केही महीनाअघि निर्माण गरेको शौचालय पनि हस्तान्तरण गरिएको जानकारी दिएको छ । पार्कमा घुम्न आउने पर्यटकको सुविधाका लागि उक्त शौचालय निर्माण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काममा सघाउँदै आएको छ ।  

सम्बन्धित सामग्री

एभरेष्ट बैंकद्वारा कर्णाली प्रदेशको प्रादेशिक अस्पताललाई सहयोग

एभरेष्ट बैंकले कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा सं