सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ । बुधवार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार अन्त्येष्टि गरिएको थियो ।