भोलि त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शोक विदा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले भोलि (बिहीबार) शोक विदा दिएको छ।संस्थानले बुधबार एक सूचना जारी गरि संस्थानका पूर्व डीन प्राडा दिल्लीदेवी शाक्यको निधनको शोक विदा दिने निर्णय भएको जानकारी दिएको हो। शाक्यको चैत १४ गते निधन भएको थियो।‘शोकको घडीमा भोलि चैत १६ गते एक दिन शोक विदा दिने निर्णय भएकोमा सम्पूर्णमा जानकारीको लागि अनुरोध गरिन्छ,’ शोक विदाबारे जारी सूचनामा उल्लेख छ। डीन कार्यालयद्वारा सञ्चालित पिएचडी प्रथम सेमेष्टरका कक्षा