काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृती पाएको छ ।
कम्पनीलाई रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनले भदौ २९ गते स्वीकृति दिएको हो ।
विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो ।
स्वीकृति पाएसँगै कम्पनीले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।