काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।
कम्पनीले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट फागुन १८ गते स्वीकृति पाएको हो । कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले आगामी १० वर्षसम्मको लागि वार्षिक ११ दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।