म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ।मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ खण्डमध्ये ६ खण्डको स्तरोन्नति भइसकेको छ भने एउटा खण्डको काम अन्तिम चरणमा पुगेको छ।उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि ७ वटा खण्डमा ठेक्का लगाएको थियो।जोमसोम–कोरला सडक