काठमाण्डाै – एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टाेलीले भोलि शुक्रवारदेखि प्रशिक्षण सुरु गर्ने भएको छ ।
नेपाली टोलीले दशरथ रङ्गशालामा भोलिदेखि तयारी थाल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाएका छन् ।
एएफसी एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । समूह 'ए' को छनोट खेलहरू कुवेतमा हुनेछ । हरेक समूहका शीर्ष टोली र ...