पदक विजेता खेलाडीलाई किरात राई खेलकुद पत्रकार संघको सम्मान

१२ माघ, काठमाडौं । किरात राई खेलकुद पत्रकार संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । संघले आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो । संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई […]

सम्बन्धित सामग्री

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक

धनगढी । धनगढीमा हुने चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता […]

‘सबै खेलाडी देशका कमान्डो’

काठमाडौं (हाम्रो खेलकुद) – सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न १० औं एसियाली खेलकुदका कांस्य पदक विजेता तेक्वान्दो खेलाडी राजकुमार राईले सबै खेलाडी देशको कमान्डो भएको बताएका छन् । उनी अभिनित नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रिजर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सन् १९९९ मा नेपालमै […]

स्वर्ण पदक विजेतालाई मासिक भत्ता दिने बागमती प्रदेशको निर्णय

काठमाडौं । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वर्ण विजेतालाई मासिक ६ हजार भत्ता उपलब्ध गराउने जनाएको छ । बागमतीले प्राथमिकतामा राखेको ९ खेलको स्वर्ण विजेतालाई मात्र मासिक भत्ता दिने जनाएको छ । जसमा […]

पारस खड्का दशक कै उत्कृष्ट खेलाडी घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजना गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले प्राप्त गर्दा पिपल्स च्याईसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरिन् । अवार्डसँगै एलिन पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।१८औँ संस्करणको अवार्डमा पिपल्स च्वाइस विधाको अवार्ड टेबल टेनिसकी एलिना प्राप्त गर्दा खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएकी हुन । यस विधाको मनोनयनमा फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका थिए । यस्तै मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । नेपाली खेलकुदको भौतिक पूर्वाधार निमार्ण देखि खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प¥याउन उल्लेख्य योगदान गरेका शाहलाई मरणोपरान्त यस अवार्ड प्रदान गरिएको हो । यसैगरी मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ हुन । मञ्चले स्पेशल अवार्डकै रुपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । कोरोनाका कारण २०७७ सालमा खासै खेलकुद प्रतियोगिता भएन । तरपनि पुष्पाले बंगलादेशको ढाकामा सम्पन्न ढाका म्याराथनमा स्वर्ण पदक जित्दै नेपालको सान उचो बनाएकी थिइन् ।‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरियो । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भए । एआईपीएस एसियाका अध्यक्ष हुन । यसैगरी बर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रदान गरिएको छ । घरेलु मैदानमा आयोजित थ्री नेशन कपको उपाधि जितेका कारण फुटबल टोलीलाई यस उपाधि प्रदान गरियो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो ।

सागका स्वर्ण पदक विजेता दुई खेलाडीलाई अवार्ड

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदकधारी दुई जना खेलाडीहरुलाई पोखरामा जनही २/२ लाख नगद सहित अवार्ड वितरण गरिएको छ । शुक्रबार विश्व खेदकुद पत्रकार दिवसको अवसरमा पोखरामा आयोजित पाँचौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको अवसरमा सागमा स्वर्ण पदकधारी कराँतेका खेलाडी नवीन रसाइली र महिला तर्फ तेक्वान्दोकी पार्वती गुरुङलाई जनही २/२ लाखको साथमा […]

साग स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग०मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । विभागको सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र …