काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग०मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । विभागको सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र …