सागका स्वर्ण पदक विजेता दुई खेलाडीलाई अवार्ड

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदकधारी दुई जना खेलाडीहरुलाई पोखरामा जनही २/२ लाख नगद सहित अवार्ड वितरण गरिएको छ । शुक्रबार विश्व खेदकुद पत्रकार दिवसको अवसरमा पोखरामा आयोजित पाँचौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको अवसरमा सागमा स्वर्ण पदकधारी कराँतेका खेलाडी नवीन रसाइली र महिला तर्फ तेक्वान्दोकी पार्वती गुरुङलाई जनही २/२ लाखको साथमा […]

सम्बन्धित सामग्री

पारस खड्का दशक कै उत्कृष्ट खेलाडी घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजना गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले प्राप्त गर्दा पिपल्स च्याईसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरिन् । अवार्डसँगै एलिन पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।१८औँ संस्करणको अवार्डमा पिपल्स च्वाइस विधाको अवार्ड टेबल टेनिसकी एलिना प्राप्त गर्दा खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएकी हुन । यस विधाको मनोनयनमा फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका थिए । यस्तै मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । नेपाली खेलकुदको भौतिक पूर्वाधार निमार्ण देखि खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प¥याउन उल्लेख्य योगदान गरेका शाहलाई मरणोपरान्त यस अवार्ड प्रदान गरिएको हो । यसैगरी मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ हुन । मञ्चले स्पेशल अवार्डकै रुपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । कोरोनाका कारण २०७७ सालमा खासै खेलकुद प्रतियोगिता भएन । तरपनि पुष्पाले बंगलादेशको ढाकामा सम्पन्न ढाका म्याराथनमा स्वर्ण पदक जित्दै नेपालको सान उचो बनाएकी थिइन् ।‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरियो । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भए । एआईपीएस एसियाका अध्यक्ष हुन । यसैगरी बर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रदान गरिएको छ । घरेलु मैदानमा आयोजित थ्री नेशन कपको उपाधि जितेका कारण फुटबल टोलीलाई यस उपाधि प्रदान गरियो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो ।

सागकी स्वर्णधारी सन्तोषी अवार्ड समितिको निर्देशक

काठमाडौं (हाम्रो खेलकुद)– खेल जीवनको सफलतामा आफैले अवार्ड जितेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठको नेतृत्वमा इयरले दिमोत्रिभा वारेन अवार्ड विजेताको छनोट गरिने भएको छ । नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको छ । […]

हिरोबाट जिरो : पद्मश्री विजेता पहलमान अब भगौडा अपराधी

तीनपटक राष्ट्रियमण्डल खेलमा स्वर्ण पदक, दुई पटक ओलम्पिक पदक जित्ने भारतका एक्लो पहलमान, देशको सबैभन्दा ठूलो खेल सम्मान राजीव गान्धी खेल रत्न अवार्ड तथा पद्मश्रीबाट सम्मानित सुशील कुमारको नामको अगाडि अब भगौडा पनि लेखिएको छ । उनीमाथि जुनियर नेशनल कुस्ती च्याम्पियन सागर धनखडको हत्या गरेको गम्भीर आरोप लागेको छ । घटनापछि उनी फरार रहेका छन् ।प्रहरीले उनलाई भगौडा घोषित गर्दै उनको पक्रनेलाई १ लाख रुपैयाँको इनाम पनि घोषणा गरेको छ । तर, उनी यसरी विवादमा परेको यो पहिलो अवसर भने होइन । उनीमाथि यसअघि पनि गम्