दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाएका छन । सेवा प्रभावकारी बन्दै गएको भन्दै सेवाग्राही खुसी भएका छन । युरो सर्जन डा प्रवोध रेग्मीले गृह जिल्ला दाङ आएर यो सेवा शुरु गरेपछि प्रभावकारी बन्दै गएको हो । यस अघि यो खालको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
रेग्मीले मिर्गोलामा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना बिरामीको सफल शल्यक्रिया गरिसकेकाे बताउनुभयो । युरो सर्जरी सेवा शुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहित पिसाब सम्बन्...