काठमाडौं : मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन्।मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरूले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका हुन्। पूर्वतयारी, उद्धार, पुनर्स्थपना तथा राहतका काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरूले बताए।नेपाली सेनाका प्रवक्ता सन्तोष व