जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको विषयमा हेटौंडामा शुक्रवार अद्यावधिक कार्यशाला गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित विपद्को जोखिम र त्यसको न्यूनीकरणको विषयमा कार्यशालामा छलफल भएको थियो ।
विपद् आउनुअघि त्यसको रोकथाम र नियन्त्रणको लागि समितिले स्थानीय तह, राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको हो ।
कार्यक्रममा उपस्थितले जथाभावी रूपमा हुने नदीजन्य उत्खननले विपद्को जोखिम बढाइरहेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताएका थिए । प्रमुख जिल्ला अधिका...