‘काठमाण्डाै महानगर मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छ’

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले संवाददातासँग कुरा गर्दै भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो ।  नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताउनुभयो । बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामको लागि पनि ...