काठमाडौं : राहदानी विभागले नेपाल ल्याउन लागेको ई-पासपोर्ट छाप्ने मेसिन वीरगञ्ज भन्सारमा नै अड्किएको छ। अर्थ मन्त्रालयले भन्सार शुल्कका लागि चासो नदिएकाले मेसिन भन्सारमा नै अड्किएको हो। विभागका सुचना अधिकारी राजेन्द्र पाण्डेका अनुसार भन्सार शूल्क ७० लाख लाग्ने छ। सरकारको मेसिन भएकाले शुल्क मिनाहा गर्न विभागले अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको छ। यदि शुल्क मिनाहा नभएमा राहदानी विभागले सम्पूर्ण रकम खर्चेर ल्याउने पाण्डेको भनाइ छ । मेसिनका लागि आवश्यक पर्ने सामान एउटै देशबाट ल्य