‘ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले असुविधा भयो’

ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले नागरिकलाई असुविधा भएको महालेखाले बताएको छ । ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखापरीक्षकको कार्यालयले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभएसम्म राहदानीको लागि निवेदन दिन नमिल्ने अवस्थामा आम नागरिकलाई असुविधा हुन गएकोले शीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।  नेपालको...

सम्बन्धित सामग्री

दलित थर परिवर्तन गर्न देशभरका वडा कार्यालयलाई पञ्चीकरण विभागको पत्र

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका  ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयलाई जानकारी दिँदै देशभरका सब

तीन रोगका बिरामीलाई मासिक ५,००० भत्ता : कसले पाउँछ, कसले पाउँदैन ?

सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाको बिरामीलाई मासिक ५,००० औषधि खर्च उपलब्ध गराउने गरी मन्त्रीस्तरीय कार्यविधि तयार भएको अधिकारीहरूले बताएका छन्।'बिरामीहरूको औषधि उपचार लामो समयसँग गर्नु पर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचार बापत खर्च उपलब्ध गराउने' स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य र अर्थ मन्त्रालयबीच सहमतिपछि हाल लाभग्राहीको सङ्ख्या र आवश्यक रकमबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले जानकारी दिए।'वार्षिक दुई अर्ब रुपैयाँ खर्च हुने आकलन गरिएको छ,' उनले भने।कतिपय सरोकारवालाले यसले बिरामीलाई राहत हुने बताए पनि मेरुदण्ड पक्षाघातका बिरामीका सरोकारवालाले भने कार्यविधिमा गम्भीर त्रुटि भएको बताएका छन्।कसले पाउँछन् औषधोपचार भत्ता?क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाका बिरामीलाई मासिक भत्ता दिइने भनिएको छ। तर त्यस्ता सबैले उक्त भत्ता पाउने छैनन्।मिर्गौला बिरामीहरूको हकमा मिर्गौला प्रत्यारोपण गराएका वा नियमित डायलिसिस गराइरहेकाहरूलाई मात्र भत्ता पाउने छन्।सचिव पोख्रेलका अनुसार हाल करिब ८,००० जनाले सरकारमार्फत नि:शुल्क डायलिसिस गराइरहेका छन्।त्यस्तै क्यान्सर भएका र उपचारपछि निको भएका बिरामी जो चिकित्सकको नियमित निगरानीमा छन्, उनीहरूलाई पनि सो रकम दिइने छ।मेरुदण्ड पक्षाघात भएका व्यक्तिहरू जोसँग नीलो वा रातो अपाङ्ग परिचयपत्र छ, उनीहरूले पनि रकम पाउने छन्।गरिब परिचयपत्र वितरण भएको जिल्लाका लाभग्राहीले 'गरिब परिचयपत्र' पेस गरेर सुविधा लिन सक्छन्।परिचयपत्र वितरण नभएका जिल्लामा स्थानीय तहले सिफारिस गर्नु पर्ने पोख्रेल बताउँछन्।कहिले र कसरी पाइन्छ?सरकारले तोकेको रकम स्थानीय तहले सम्बन्धित व्यक्तिको ब्याङ्क खातामा जम्मा गर्नेछ। तीन महिनाको रकम एकै पटक उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ।लाभग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि र चिकित्सकको सिफारिससहित निवेदन वडा कार्यालयमा बुझाउनु पर्ने हुन्छ।मेरुदण्ड पक्षाघात भएकाहरूले रातो वा नीलो कार्डको प्रतिलिपि पनि समाविष्ट गर्नु पर्ने उल्लेख गरिएको छ। चैत १३ गते स्वीकृत गरेको कार्यविधि हाल कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरूमा परिपत्र गरेको छ।'आवश्यक गृहकार्य गरिरहेका छौँ। सके यो वर्ष नसके आगामी आर्थिक वर्षको बजेटमा यस कार्यक्रमलाई पठाउँछौँ,' पोख्रेलले जानकारी दिए।कसले भत्ता पाउँदैनन्?सरकारी र विदेशी संस्थामा कार्यरत वा त्यहाँबाट सेवानिवृत्त भई पेन्सनको सुविधा पाइरहेकाले भत्ता नपाउने बताइएको छ।ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता र अपाङ्ग भत्तालगायत अन्य सामाजिक सुरक्षा भत्ता पाइरहेकाले पनि यो सुविधा पाउँदैनन्।एक जना व्यक्तिलाई क्यान्सर, मिर्गौलाको समस्या र मेरुदण्डमध्ये दुई वा तीनै किसिमको रोग लागेको छ भने पनि मासिक रु ५,००० मात्रै पाइन्छ।'रकम प्राप्त गर्ने समूहले यसअघि सरकारले दिँदै आएको सेवासुविधा पनि निरन्तर पाउने छन्। मिर्गौलाको नियमित डायलिसिस गराइरहेकाले नि:शुल्क सेवाबाट वञ्चित हुनु पर्दैन,' स्वास्थ्य सचिव पोख्रेलले भने।तर उनको भनाइ कार्यविधिमा 'अन्य किसिमको सामाजिक सुरक्षा भत्ता पाइरहेकालाई यो सुविधा उपलब्ध नहुने' बुँदासँग मेल खाँदैन।किनकि मेरुदण्ड पक्षाघात भएकाहरूलगायत अन्य रातो कार्ड भएका (क वर्गका) अपाङ्गहरूले सामाजिक सुरक्षा भत्ता स्वरूप ३,९९० रुपैयाँ र नीलो कार्ड २,१२८ रुपैयाँ पाउने सुविधा थियो।अब उक्त सुविधा पाइरहेकाहरूले औषधि खर्च वा भत्तामध्ये एक मात्र पाउने बताइएको छ।'कार्यविधिमा गम्भीर त्रुटि'?स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका अध्यक्ष ऋषि ढकाल कार्यविधिमा गम्भीर त्रुटि भएको बताउँछन्।यस वर्षको सुरुवातमा अर्थमन्त्री जनार्दन शर्माले आफूहरूलाई सामाजिक सुरक्षा भत्ताबाहेक औषधि खर्च स्वरूप भत्ता दिने र तीन जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि छ अर्ब रुपैयाँ छुट्टाउने बताएको उनले सुनाए।'तर अहिले आएर हाम्रो माग नै सम्बोधन नगर्ने गरी कार्यविधि आयो,' ढकालले भने।'स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई युरिन ब्याग, फुल क्याथेटर्स, डाइपर, घाउ हुँदा लगाउने औषधि बापत शुल्क दिनूस् भनेका थियौँ। त्रुटि के भएछ भने सामाजिक सुरक्षा भत्ता र औषधोपचार खर्च भन्ने लेखिएछ।'यस विषयमा छलफल गर्नका निम्ति स्वास्थ्यमन्त्रीको उपस्थितिमा बैठक माग गरेको जानकारी ढकालले दिए।'ठूलो राहत पाउने भयौँ'विसं २०७८ भदौ २५ गते सरकारले गरेको निर्णय कार्यविधि नबनेकै कारण कार्यान्वयन हुन सकेको थिएन।यसअघि २०७४ सालमा क्यान्सर, मेरुदण्ड र मिर्गौलाका बिरामीलाई जीविकोपार्जनका लागि पाँच हजार रुपैयाँ दिने निर्णय भएको थियो। तर सरकार परिवर्तनसँगै तोकिएको बजेट विनियोजन नभएकाले निर्णय लागू हुन सकेन।सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको केही बिरामीहरूको आरोप छ।मिर्गौला पीडित सरोकार समाज नेपालका केन्द्रीय अध्यक्ष बलराम सुवेदी कार्यविधि तयार भइसकेकाले अब भत्ता दिन थप ढिला हुन नहुने बताउँछन्।'मिर्गौलाको समस्या मात्र नभई अन्य कुनै दीर्घ रोगको खर्च पाँच हजार रुपैयाँले धान्दैन तर ठुलो राहत चाहिँ हुनेछ,' सुवेदीले भने।यस भत्ताले गरिब र उपचारका लागि विकट ठाउँबाट अस्पताल भएका ठाउँसम्म आउने बिरामीहरू लाभान्वित हुने उनको तर्क छ।'सुरुमा औषधि नै दिने कुरा थियो। तर हामीले हुँदैन भन्यौँ। किनकि एक लाखको भनिएको स्वास्थ्य बिमामा हामीले ५० हजार पनि पाउँदैनौँ। रकम आफ्नै हातमा पर्ने हो भने आवश्यकता अनुसार खर्च गर्न पाउँछौँ,' उनले भने।कार्यविधि तयार भएसँगै सरकारले, मिर्गौला रोग, क्यान्सर रोग र स्पाइनल प्यारालाइसिस भएका बिरामीलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ खारेज गरेको छ। -बिबिसीबाट

कञ्चनपुरमा विद्युतीय राहदानी सेवा सञ्चालन

कञ्चनपुर । कञ्चनपुरमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी भएको निर्देशनअनुसार विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको हो । राहदानी विभागले मङ्सिर २ गते गरेको पत्राचारअनुसार जिप्रका कञ्चनपुरले एमआरपी राहदानीका लागि आवेदन फाराम संकलन गर्ने काम बन्द गरेको थियो । एक महिनादेखि राहदानीको रोकिएको काम मंगलवारदेखि शुरू भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । ‘दक्ष जनशक्ति तयार गरी विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागले केन्द्रबाट राहदानी उपलब्ध गराउँदै आएको थियो । अब त्यो सेवा जिल्लाबाटै उपलब्ध हुन्छ ।’ विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत उक्त नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ । विद्युतीय राहदानी सेवा सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै लागू गरिएको छ । सो सेवा हाललाई जिल्लाभित्रका स्थायी बासिन्दाले मात्रै प्रयोग गर्न पाउने छन् । रासस

बन्द भयो एमआआरपी, अब बनाउँदा विद्युतीय पासपोर्ट नै बनाउनु पर्ने

सरकारले विद्युतीय राहदानी अनिवार्य गरेको छ ।  राहदानी विभागले मङ्सिर १५ गतेबाट मेशिन रिडेवल राहदानी(MRP)को लागि टोकन वितरण बन्द गर्दै विद्युतीय राहदानी अनिवार्य गरेको हो ।मेशिन रिडेवल राहदानीको लागि टोकन लिइसकेको भए पनि विद्युतीय राहदानीको लागि निवेदन दिन सकिने विभागले जनाएको छ । टोकन लिईसकेकाले मेशिन रिडेवल राहदानी पनि लिन सक्ने छन् ।टोकन नलिएकाले भने अब विद्युतीय राहदानी नै बनाउने पर्ने छ  ।  राहदानी विभागले २०७८ मङ्गसिर १ गतेबाट विद्युतीय राहदानी जारी गर्न शुरु गरेको हो । विद्युतीय राहदानी लिन राष्ट्रिय परिचय पत्र वा सोको परिचय नम्बर लिई विभागको वेवसाइट https://emrtds.nepalpassport.gov.np/ मार्फत आवेदन गरी समय बुक गर्नु पर्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धित जिल्ला प्रशासन वा ईलाका प्रशासन कार्यालयहरुबाट लिन सकिने छ । विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी जारी गरेको हो । यद्यपि मेशिन रिडेवल राहदानीले पनि काम भने गर्ने छ। मेशिन रिडेवल राहदानीको म्याद नसकिएसम्म अर्को बनाउन अनिवार्य गरिएको छैन । विद्युतीय राहदानीको लागि कसरी निवेदन दिने ? यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फर्म भरेर बुकिङ्ग गऱ्यो उसको पालो पहिले आउंछ । मंसिर १५ गते पछि निवेदनको संख्या उल्लेख्य बढाइएको छ । मंसिर १५ गतेबाट ललितपुर जिल्ला प्रशासन कार्यालयबाट अनलाइन बुकिङ्ग खुला गरिएको छ । अर्को हप्ताबाट काठमाडौं र भक्तपुरबाट सेबा शुरु गर्ने कार्यक्रम छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी जारी कार्यको एक हप्ता अवलोकन गरेपछि अन्य जिल्ला प्रशासन कार्यालयहरुमा सेवा शुरु गरिने छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुमा एक हप्ता भित्रै तयारी भएको राहदानी उपलब्ध गराउने कार्यक्रम छ ।कसरी निवेदन दिने?विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन (Apply for ePassport) भन्ने बटन थिंची प्रिइन्रोलमेन्ट पोर्टल मार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ ।अत: प्रिइन्रोलमेन्ट गर्नु पूर्व आफ्ना सक्कल कागजपत्र जस्तै नागरिकताको प्रमाणपत्र, पुरानो मेशिन रिडेबल राहदानी लिएको भए त्यसको फोटो भएको पृष्ठ, शैक्षिक प्रमाणपत्रअनुसार उमेर फरक परेको भए सक्कल शैक्षिक प्रमाणपत्र आदि कागजात स्क्यान गरेर तयारी अवस्थामा राख्नु होला । १६ बर्ष माथिका र नेपालमा निवेदन दिने सेवाग्राहीहरुको लागि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर आवश्यक पर्ने हुनाले र जुनसुकै जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिई तुरुन्त राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने हुनाले सो लिई राख्नु हुन राहदानी विभाग अनुरोध गर्दछ ।मोबाइल वा क्यामेराले खिचेको तस्विरको साइज ठूलो हुने, नमिलेको हुने तथा अनावश्यक ब्याकग्राउण्ड आएको हुन सक्ने हुनाले सकभर स्क्यानरको प्रयोग गरेर सक्कल कागजजात नै स्क्यान गर्नुपर्ने हुन्छ । नागरिकताको अगाडि र पछाडि छुट्टाछुट्टै स्क्यान गर्नुपर्छ ।  करिब ३०० डिपिआई (डट पर इन्च) र ४०० के बी भन्दा कम हुने गरेर स्क्यान गऱ्यो भने साइज मिल्छ । धेरै नै कालो खालको डकुमेन्ट छ भने सो भन्दा कम डिपिआइ गरेर स्क्यान गर्न सकिन्छ । फोटोकपीबाट स्क्यान नगर्नु होला ।आफूले नागरिकता लिएको वा बसाई सराई गरेको जिल्ला, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगमा राहदानीको लागि निवेदन दिन सकिन्छ । विद्युतीय राहदानीको लागि निवेदन संकलन गर्न शुरु गरिएका जिल्लाहरु र कुटनीतिक नियोगहरुको बारेमा जानकारी लिएर मात्र निवेदन दिनु होला । फाराम भरी सकेपछि मिति समय र निवेदन दिने ठाउँ छनौट गर्नु पर्ने हुन्छ । भरिसकेको फाराम प्रिन्ट गर्दा आफूले बुक गरेको मिति र समय त्यसैमा प्रिन्ट भएको हुन्छ । फाराम भर्दा नाम, थर, जन्म मिति, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, जारी मिति आदि दोहोराई तेहेराई हेरेर राम्रोसšग भर्नु होला ।आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा जानु पर्दछ । तोकिएको मिति र समयमा गएमा धेरै लाइन बस्न तथा कुर्न नपर्ने हुन्छ । अनलाइन भुक्तानीको व्यवस्था छिटै गरिने छ । हाल नगदबाट भुक्तानी गर्न सकिनेछ ।

ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्

काठमाण्डौ – तपाईँ ई पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ र राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ । राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन...

विद्युतीय राहदानी के हो ? कसरी लिने ? के छन् विशेषता ?

list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय राहदानी के हो ? हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय राहदानीका विशेषताहरु के छन् ? नेपालले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो । पोलिकार्बोनेट सहितको डाटापेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिदैन । यो तेश्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण (३४ र ६६ पृष्ट), सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन् । सिम्यान्स अभिलेख किताब जारी गर्नको लागि भने आन्तरिक तयारीको कारणले केही बढी समय लाग्ने छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ? हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन? राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ । यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय राहदानी जारी भए पछि उपलब्ध हुने अरु सुविधाहरु के के छन् ? विदेशस्थित कुटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरुले रुजु गर्ने लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागबाट राहदानी उत्पादन हुन्छ । मेशिन रिडेबल राहदानीको जस्तै भौतिकरुपमा फर्म भरेर तस्विर टासेर पठाउनु पर्दैन । यसले गर्दा हाल लाग्ने गरेको समय भन्दा कम्तिमा पनि आधा समयमा नै विदेशस्थित कुटनीतिक नियोगहरु र जिल्ला प्रशासन कार्यालयहरुले राहदानी प्राप्त गर्न सक्छन । मेशिन रिडेबल राहदानीको लागि आइसिआर फर्म स्क्यान गर्दा धेरै त्रुटीहुने सम्भावना हुन्छ । तर विद्युतीय राहदानीमा डिजिटल रुपमा फर्म भर्नु पर्ने हुनाले त्रुटी हुने सम्भावना पनि कम हुन्छ । समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने हुँदा धेरै छरितो र लाइन बस्नुपर्ने हुँदैन । विश्वमा हाल चलेको सबै भन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वासयोग्य हुनुको साथै विदेश यात्रामा सहजता हुन्छ । विद्युतीय गेटहरुमा पनि आफै स्क्यान गरेर जान सकिने सक्छ । लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनाले एमआरपी जस्तै तस्विरहरु नमिलेर दु:ख पाउनु पर्ने पनि हुँदैन ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>राष्ट्रियपरिचयपत्र वा त्यसको नम्बर कसरी लिने? साथै हाललाई नेपालबाट विद्युतीय राहदानी बनाउनेहरुको हकमा राष्ट्रिय परिचय पत्र वा सो को नम्बर आवश्यक पर्ने हुनाले यथासमयमा नै जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रको लागि निवेदन दिई राष्ट्रिय परिचय पत्र वा नम्बर लिइ राख्नु हुन अनुरोध छ । राष्ट्रिय परिचपपत्र पाउन समय लागे पनि त्यसको नम्बर भने तुरुन्त पाउन सकिने हुनाले कुनै समस्या हुँदैन । लामो समयको लागि विदेश जानेहरुले पनि राष्ट्रिय परिचयपत्र लिनु हुन वा सो सम्भव नभएमा निवेदन दिएर राष्ट्रिय परिचयपत्रको परिचय नम्बर लिनु हुन अनुरोध छ ।list_icon.jpg'); line-height: 30px; font-size: 14px;'>विद्युतीय राहदानीको लागि कसरी निवेदन दिने ? निकट भविष्यमा राहदानी विभागले वेभसाइटमा विद्युतीय राहदानीको लागि बुकिङ्ग खुला गर्ने छ । यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फर्म भरेर बुकिङ्ग गऱ्यो उसको पालो पहिले आउँछ । यसमा सोर्सफोर्स भनसुन केही चल्दैन । विभागको वेभसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिंची प्रिइन्रोलमेन्ट पोर्टल मार्फत फाराम भरी तोकिएका सक्कल कागजात डाउनलोड गर्नु पर्दछ । आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा जानु पर्दछ ।मिति र समय बुक नगरी जानेहरुको हकमा निवेदन लिन सकिने छैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरण दोहोराई तेहेराई हेरेर कुनै गल्ती नगर्नु हुन अनुरोध छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुन: बनाउनु परेमा राहदानी नियमावलीअनुसार थप दस्तुर लाग्ने हुन्छ । अत: फाराम भर्ने भराउने कार्य गर्दा विशेष साबधानी अपनाउनु हुन अनुरोध छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय राहदानी लिन समय नपाएमा हालको मेशिन रिडेबल राहदानी लिन सकिन्छ कि? अन्तरिम समयमा विद्युतीय राहदानीको धेरै माग भएमा र बुकिङ्गको समय लिन नसकिएको अवस्थामा यदि विदेश जान अत्यावश्यक पऱ्यो भने कारण र प्रमाण सहित आएमा मात्र हालको मेशिन रिडेबल राहदानी लिन सकिन्छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ? विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दु्रत सेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै बाह्र हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ ।