काठमाडौं : ताइवानका विदेशमन्त्री जोसेफ वुले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताएका छन्।उनले सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यास चर्किँदै गएको भन्दै आक्रमणको अन्तिम तयारी भइरहेको बताए। उनले चीनले ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै यसले क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा गम्भीर असर परिसकेको बताए।गत बुधबारदेखि चीनले दुई देशबीचको सीमा नाघेर १ सय २० भन्दा बढी लडाकु विमान पठाएको ताइवानी अधिकारीको आरोप छ। चीनको जवाफमा ताइवानले लडाकु विमान र सामुद्रीक पोतहरु परिचालन गरे