केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरेको, कोरोनाले प्रभावित अर्थतन्त्र चलायमान बनाएको, अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहत दिएको सरकारको दाबी छ ।
काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन्। उनले कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न नमिल्ने बताए । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो ।
काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीका अनुसार आज राती १२ बजेबाट लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गरेको हो । […]
The post संसद अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.
संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको भन्दै संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको हो। चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा...
मन्त्रिपरिषदको बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न लागेको हो । गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको यो अधिवेशन बेकामे बनेको थियो ।
काठमाडौँ- सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। विपक्षीको अवरोध र विरोध प्रदर्शनका कारण संसद अधिवेशन अगाडि बढाउन नसकेपछि सरकारले बिहीबार संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद् बैठक बिहीबार तीन बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ।
काठमाडौं । प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गरेका छन् ।कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारीस्वरुप मन्त्री खड्काले सभामुखसँग कुराकानी सुरु गरेका हुन् । विधेयकहरु फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद सचिवालयबीच पनि कुराकानी भइरहेको बुझिए
काठमाडौँ– मुख्य विपक्षी दल नेकपा एमालेले संघीय संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको विरोध गरेको छ । एमालेका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा विघटनको विरोध गरेको सत्तारूढ गठबन्धनले संसद चलाउन नसकेर अधिवेशन अन्त्य गरेको आरोप लगाए । उनले अधिवेशन अन्त्य दुःखद भएको टिप्पणी गरे । खबरहबसँग कुरा गर्दै भट्टराईले भने, ‘यो संसद विघटन भएका बेला […]
काठमाडौँ – सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको बालुवाटार स्रोतले जानकारी दियो। संसद अधिवेशनकाे आह्वान र अन्त्य सरकारकाे सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ। यसैबीच सरकारले दल फुटाउन सजिलाे हुने गरी अध्यादेश […]
काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले आज अपरान्ह १ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गरेकी छन्। मंगलबार संसद बैठक निर्धारण भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् ।
काठमाडौं : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।