लगातारको गिरावटसँगै चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा उक्लिएको हो । गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एकसय अंक बढीले गिरावट आइसकेको थियो । तर, उक्त ओरालो यात्रालाई चिर्दै बुधबार नेप्सेमा ५ अंक माथिको सुधार आएको हो । यद्यपि, सूचक बढ्दै गर्दा आज यता कारोबार रकम भने घट्न पुगेको छ ।५.२८ अंकले बढेको बजारमा आज जम्मा २ अर्ब ७४ कर