दण्ड जरिवानाको डर देखाएर जबरजस्ती इम्बोस्ड नम्बर लाद्‍न खोज्नु घातक– गगन थापा

काठमाडौँ– कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले यातायात मन्त्रालयले आम नागरिकलाई धम्कीपूर्ण निर्देशन दिएको भन्दै आपत्ति जनाए। उनले दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने खोजेको भन्दै आपत्ति जनाए।  नामाकरण टुंगिएको […]

सम्बन्धित सामग्री

मन्त्रीज्यू ,इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस् : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले असारभित्र सबै इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन माग गरेका छन्। असारभित्र इम्बोस्ड नम्बर राख्न असम्भव रहेको बताउदै एक पटक लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् । लाइनमा बस्दा एक साधारण नागरिकले पाइरहेको सास्ती र दु:ख अनुभव गर्न सकिने उनले बताएका छन्।

मन्त्रीज्यू, इम्बाेस्ड नम्बर राख्न एकचाेटि लाइनमा उभिएर हेर्नुस् : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै नागरिकले असारभित्रै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न तत्काल सम्भव नभएकाले यो प्रावधान फिर्ता लिन माग गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उहाँले यस्ताे माग गर्नुभएकाे हाे ।  सांसद थापाले  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई इम्बोस्ड नम्बर राख्नका लागि यातायात कार्यालयमा सर्वसाधारणको लाइन र सास्ती हेर्नसमेत आग्रह गर्नुभयो ।    बैठकमा विनियोजन विधेयक २०७९ को विभि...

इम्बोस्ड नम्बर प्लेट जडानको नाममा जनतालाई तर्साउने काम बन्द होस्: गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका सांसद गगन थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए। उनले सस्तो,सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए।

इम्बोस्ड नम्बरबारे गगन थापा–सरकार काम नगर्ने, दुख नागरिकले पाउने ?

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णयप्रति आपत्ती जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सो निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन्। यातायात व्यवस्था विभागले...

इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गरः गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन्।...

गगन थापा भन्छन् - दण्ड जरिवानाकाे डर देखाएर नागरिकलाई तर्साउने ?

नेपाली कांग्रेसका सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेटलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले यातायात मन्त्रालयले सजिलो तर गलत बाटो समातेको बताएका छन् ।