काठमाण्डाै – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै नागरिकले असारभित्रै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न तत्काल सम्भव नभएकाले यो प्रावधान फिर्ता लिन माग गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उहाँले यस्ताे माग गर्नुभएकाे हाे ।
सांसद थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई इम्बोस्ड नम्बर राख्नका लागि यातायात कार्यालयमा सर्वसाधारणको लाइन र सास्ती हेर्नसमेत आग्रह गर्नुभयो ।
बैठकमा विनियोजन विधेयक २०७९ को विभि...