बलेवा । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् । प्रदेश र स्था...