काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सबै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाएको छ । नयाँ आदेशमा मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको छ । प