काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक विचार प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ थियो। पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए। उनले प्