धुलिखेल १२ लाई सुकुम्वासी मुक्त बनाउने घोषणा

काभ्रे।  धुलिखेल नगरपालिका वडा नम्बर १२ मा रहेका सबै सुकुम्बासीहरुको पहिचान गरी प्रति परिवार आवास निर्माणका लागि वडाको तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष मोहन लामिछानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘धुलिखेल १२ साविक शंखु गाविसका सबै वडाहरुमा रहेका सुकुम्बासीहरुको पहिचान गरिनेछ’–अध्यक्ष मोहन लामिछानेले भने–‘पहिचान भएका सुकुम्बासीहरुका […]

सम्बन्धित सामग्री

इच्छाशक्ति भएमा सुकुम्वासी समस्या समाधान गर्न सकिन्छ

सुकुम्वासी बस्तीमा बसेर समय अन्तरालमा घरजग्गा जोडिसकेका परिवारलाई अब सुकुम्वासी मान्ने कि नमान्ने भन्ने नै मूल मुद्दा बनेको छ।...

सुकुम्वासी नीति र राष्ट्रिय दायित्व

काठमाडाैँ महानगरले थापाथलिबाट सुकुम्वासी बस्ती जसरी पनि हटाउने अडान लिएकाे छ।

‘सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ’

काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् । सुकुमबासीको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा […]

सुकुम्वासी बस्तीमा बल प्रयाेग गरेर समस्या समाधान हुँदैन : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्वासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतङ्क फैलाउने काम गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । सुकुम्वासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रूपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरूलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई उहाँले सचेत गराउनुभयो ।  ललितपुरमा रहेकाे पार्टीको केन्द्रीय कार्यालयमा आज मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुकुम्वासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा क...

सुकुम्वासी बस्तीमा तमासा गरियो, त्यहाँ कुन शत्रु बसेका छन् ? : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको टिप्पणी गरेका छन् । मंगलबार पार्टीका नवनिर्वाचित सांसदहरूको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्कै देशका नागरिकसँग झैँ व्यवहार गरेको बताएका हुन् । उनले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनले उनीहरूले केही नबिगारेको टिप्पणी गरे । उनले भने–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ&nbs

सुकुम्वासी बस्तीमा सुरक्षा तयारीबिनाको ‘अपरेशन’

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६९ मा थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन खोजियो । तर, सुकुम्वासीको अवरोधका कारण सरकार बागमती नदी किनारबाट बस्ती खाली गर्ने निर्णयबाट पछि हट्यो ।करिब १५ सय मानिसहरू बसोबास गर्ने आकलन गरिएको थापाथलीको सुकुम्वासी बस्तीमा सोमबार काठमाडौँ महानगरपालिका नगर प्रहरी फेरि डोजर लिएर गए । तर, नगर प्रहरी प्रमुख (एसपी) राजु पाण्डे नेतृत्वको टिमलाई सुकुम्वासी बस्तीका स्थानीयले अवरोध गरेका छन् । ढुङ्गा, खुकुरी र भाला सहित प्रदर्शनमा उत्रिएका सुकुम्वास

महानगरले सुकुम्वासी बस्ती हटाउन थालेपछि थापाथलीमा तनाव

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन थालेपछि काठमाण्डौको थापाथली क्षेत्रमा तनाव भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिलाई काठमाण्डौ महानगरपालिकाले पनि साथ दिएको छ । आज साेमवार सुकुम्वासी बस्ती खाली गराउन समिति र महानगरको टोली प्रहरीसहित थापाथली पुगेपछि तनाव भएको हो । सुकुम्वासी बस्तीका बासिन्दाले थापाथली क्षेत्रमा टायर बाल्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

मनोहरा खोलाको वितण्डा : सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ- मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ । मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको हो । सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको स्थानीयले जनाएका छन् । […]

सुकुम्वासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादीको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रले सुकुम्वासी भूमिहीनको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गरेको छ। शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीन, गरिब किसान र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।