काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्वासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतङ्क फैलाउने काम गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । सुकुम्वासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रूपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरूलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई उहाँले सचेत गराउनुभयो ।
ललितपुरमा रहेकाे पार्टीको केन्द्रीय कार्यालयमा आज मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुकुम्वासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा क...