‘सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ’

काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् । सुकुमबासीको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालय ‘सेन्टर अफ एक्सिलेन्स’ बन्नुपर्छ : प्रधानमन्त्री

१९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ (उत्कृष्टताको केन्द्र) बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायहरुको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कामकारबाहीलाई प्रभावकारी बनाउँदै कार्यालयलाई आकर्षणको केन्द्र बनाउन […]

व्यवसायी सामु प्रधानमन्त्री र अर्थमन्त्रीको घोषणा : ऋणको ब्याजदर घटाउछौं

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको आर्थिक समस्याको समाधान गर्न सरकारका सबै निकाय एकै ठाउँमा रहेको बताएका छन्। दरबारमार्गस्थित याक एन्ड यति होटलमा भइरहेकव नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभालाई उद्घाटन गर्दे उनले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच आर्थिक गतिविधि चलायमान बनाउन सघन छलफल भइरहेको बताएका हुन्। उनले तरलता समस्या समाधान…

सरकारको न्यूनतम साझा कार्यक्रम, ६ महिनाभित्र नागरिकता समस्या समाधान (लाइभ)

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीलगायतका नेता सहभागी छन् ।

बीपीको आन्दोलन लम्बियो

धरान । चारैजना पदाधिकारीको राजीनामा र प्रधानमन्त्री तथा कुलपतिको पहलमा उच्चस्तरीय वार्ता समिति गठन गरिनुपर्ने अडान संयुक्त संघर्ष समितिले कायमै राखेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन लम्बिने भएको छ । आन्दोलनरत पक्ष र पदाधिकारीहरूबीच वार्ताको वातावरण बनाउन आएका स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँग वार्ता हुन नसक्दा आन्दोलन थप लम्बिने भएको हो । वार्ता नगराउन आएका प्रतिनिधिहरू वार्ताको प्रयास असफल भएपछि काठमाडौं फर्किएका छन् । प्रतिष्ठानमा वार्ता शुरू गराउन समन्वयकारी भूमिकाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. रोशन पोखरेल र डा. मदन उपाध्याय आएका थिए । दुवैले आन्दोलनकारी र पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । वार्ता गराउन नसके पनि उनीहरूले प्रतिष्ठानको वर्तमान परिस्थितिबारे रिपोर्ट तयार गरेर प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा बुझाउने बताएका छन् । सरोकारवाला पक्षहरूसँग पनि प्रतिष्ठानको अवस्था र समाधानबारे राय बुझ्ने प्रतिनिधि डा. पोखरेलले बताए । आन्दोलनरत संयुक्त संघर्ष समितिले सोमवार वार्ता गर्न अस्वीकार गरेको थियो । समितिका सहसंयोजक डा. विष्णु पोखरेलले मन्त्रालयबाट आएको टोली कुनै आधिकारिक नभएको स्पष्ट पारे । ‘टोली आधिकारिक होइन, उहाँहरूले कुनै पत्र देखाउनु पनि भएन, त्यसैले यथार्थ बुझ्न मात्रै आउनु भएको हो ।’ समितिले अधिकारसम्पन्न वार्ता टोली वा आयोगसँग मात्र वार्तामा बस्ने अडान मन्त्रालयको टोलीसमक्ष पनि राखेको छ । बीपी प्रतिष्ठानबाट शुरू भएको आन्दोलन देशव्यापी हुँदै गएकाले चारैतिरबाट दबाब सृजना गर्दै सबैको ध्यानाकर्षण गराउनेतर्फ आन्दोलन अग्रसर हुने उनको भनाइ छ । संघर्ष समितिले दिएको ७ दिनको अल्टिमेटम मंगलवार सकिएको छ । उनीहरूले ७ दिनपछि सामूहिक राजीनामा दिएर काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका थिए । तर अहिले देशैभरिकै प्रतिष्ठानको सुधारको माग उठिरहेकाले आ–आफ्नै स्थानमा दबाब सृजना गरिराख्ने उनले बताए । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले पनि पदाधिकारीहरूसँग वार्ता गराउन मन्त्रालयको टोली आएकाले समस्या समाधान हुने छाँट नदेखिएको बताए ।

जेठ २ मा फर्किएर समस्या समाधान गर्ने सहमति भयो– गोकर्ण विष्ट

नेकपा एमालेका प्रभावशाली युवा नेता गोकर्ण विष्टले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे सहमतिमा पुगिएको बताएका छन् । सिंहदरबारमा शुक्रवार भएको छलफलमा सहभागि नेता विष्टले जेठ २ मा फर्किने सहमति भएको बताएका हुन् ।  ‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले लोकान्तरसँग भने । माधव नेपाल पक्षले जेठ २ गतेमा फर्किने विषयलाई बटमलाइन बनाउँदै आएको छ ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ ...