काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नारायणगढ–बुटवल दबाब यात्रा सकिएको छ। यही सोमवार नारायणगढबाट शुरु भएको पदयात्रा आज (बुधवार) बुटवलमा पुगेर समापन भएको हो।आज साँझ बुटवल पुगेर आयोजना गरिएको सभामा रास्वपा सभापति रवि लामिछानेले सो सडकखण्ड समयमै नसकेर अहिलेसम्मका सरकार र सरोकारवालाहरुले वर्षौंदेखि जनतलाई धुलो खान बाध्य पारेको भन्दै अब जनताले चुनावबाट त्यस्तालाई ‘धुलो चटाउने’ चेतावनी पनि दिएका छन्।आफूहरुले मिसन ८४ मात्र होइन ८० मै पनि संसद र सडकमा काम गरिरहेको भन्दै उन