सर्लाही : करिब ४१ किलोमिटर हुलाकी सडक निर्माण नहुँदा हुलाकी सडक आसपासका सर्वसाधारण खानाको गाँससँगै धुलो खान बाध्य छन्।पूर्वमा महोत्तरी तथा पश्चिममा रौतहटस्थित हुलाकी सडक कालोपत्रे भइसक्दा पनि सर्लाहीमा पर्ने सडक निर्माण नहुँदा सडक आसपासका नागरिक सास्ती खेप्न बाध्य भएका हुन्।ठेकेदार कम्पनीलाई दबाब दिन स्थानीय बासिन्दाले पटक–पटक सडकमा अवरोध गर्दै आइरहेका छन्। सोमबार) पनि मलंगवा–२ कृष्णचोकमा स्थानीयले टायर बालेर सडकमा अवरोध गरेका छन्। सडक अवरोध पहिलो न