तनहुँको दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो

तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–कोत्रे सडक खण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी–२ हलेदीमा सडक मर्मत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।   घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । स्थानीयवासीले शुक्रवार कोत्रेमा १५ मिने...