धुलो उडेको भन्दै सडक नै अवरुद्ध

दैलेख-नारायण नगरपालिकास्थित सनराइज स्कुलनजिकैको सडकमा गाडीले धुलो उडाएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । नारायण नगरपालिकाको कुसाँडा जाने सडकमा गाडीले धुलो उडाएर हैरानी बनाएको भन्दै स्थानीयले सडकमा खाल्डा पारी सडक नै अवरुद्ध पारेका हुन् ।ठाउँ–ठाउँमा ठूला खाल्डा र ढुंगाको वाल लगाई सडक अवरुद्ध पारेका छन् । नारायण नगरपालिकाले सडक व्यवस्थित नबनाउँदा दिनहुँ धुलोले हैरानी […]

सम्बन्धित सामग्री

अचेल चल्दैन काठमाडौं–कुलेखानी सडक ! [तस्वीरहरू]

काठमाडौं । सडकको कालोपत्र भत्किएको छ। जताततै धुलो उडेको छ । सडक छेउमा माटोको ढिस्का थुप्रिएका छन् ।  यो दृश्य हो- काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्ग कान्ति राजपथअन्तर्गतको सडकखण्डको । यो अवस्थाले सडकको बिग्रिएको अवस्था झल्काउँछ । तर अहिले काठमाडौं - हेटौंडा यात्राको लागि यो मार्ग विकल्पको रुपमा छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिकै लागि त्यहाँ सवारीसाधनको आवागमन बन्द गरिएको हो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको काम भइरहेको भन्दै आगामी फागुन १५ गतेसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको जनाएको छ। यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिकाले काठमाडौंतर्फ हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डमा कालोपत्रे गर्ने तयारीमा रहेको भन्दै सवारीधनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।  स्तरोन्नतिका लागि सडक बन्द गरिएपछि अहिले त्यहाँ खासै सवारी आगमन देखिँदैन । त्यसैले काठमाडौंबाट हेटौंडा तथा तराईका केही स्थान जानका लागि यात्रुहरु कान्तिराजपथ प्रयोग  गर्न वाध्य छन ।

ठेकेदारले काम नगरेपछि व्यस्त सडकमा दुई महिनादेखि ढाट

६ असार, विराटनगर। ठेकेदारले सडक निर्माण नगरेको भन्दै विराटनगर महानगरपालिका-५ का बासिन्दाले सडकमा ठूला सवारी साधनको आवतजावतमा रोक लगाएका छन्। ठेकेदारले अलपत्र छाड्दा धुलो उडेको भन्दै विराटनगर महानगरपालिका-५ शान्ति चोकका बासिन्दाले दुई महिनादेखि ढाट लगाएर सडकमा ठूला सवारी साधन आवतजावतमा रोक लगाएका हुन् । शान्ति चोकको राममन्दिरबाट पश्चिमतर्फ करिब तीन सय मिटर क्षेत्र निर्माणका लागि […]

स्थानीयद्वारा ललितपुरको सात दोबाटो–चापागाउँ सडक बन्द

काठमाडौँ । ललितपुरको सात दोबाटो–चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् । ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडक […]

धुलो उडेको भन्दै कटारी–घुर्मी सडक स्थानीयले फेरि बन्द गरे

उदयपुर : सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्ड स्थानीयले सडक विस्तारका क्रममा धुलाम्मे भयो भन्दै स्थानीयले यातायात बन्द गरेका छन्।धुलो कम गर्ने समय–समयमा पानी हाल्न र समयमै काम सम्पन्न होस् भन्ने चेतावनी दिन स्थानीयले राजमार्ग बन्द हुन्।राजमार्ग अन्तर्गत कटारीको सिम्लेमा स्थानीयले आज बिहानैदेखि  सडक अवरुद्ध गरेका छन्‌। ‘सडकमा ठूला-ठूला खाल्डाखुल्डी छ, साइकल र बाइकमा हिँड्नेको दुःखेसो अर्कै छ, एकसरो लाएको कपडा फेरि लगाउँला भन्नु त सपना जस्तै भएको छ,&rs