अमेरिकाको प्रतिनिधिसभाले प्रतिनिधिसभा सदस्यहरुबाट संचालित उपकरणहरुमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । चिनियाँ स्वामित्वको लोकप्रिय भिडियो एपमाथि सरकारी उपकरणहरुमा प्रतिबन्ध लगाउने बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु अगाडि नै प्रतिनिधिसभाले सांसदहरुलाई टिकटक चलाउन प्रतिबन्ध लगाएको हो । प्रतिनिधिसभाका मुख्य प्रशासनिक अधिकारीले एक मेमोमा उच्च जोखिम सुरक्षा चिन्ताहरू उल्लेख गर्दै मंगलबार सांसदहरू र कर्मचारीहरूलाई सरकारी उपकरणहरूबाट […]
अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने प्रावधान दुबै सदनबाट पारित भएको छ । १ दशमलव ७ ट्रिलियनको संघीय खर्च विधेयकमा सरकारी उपकरणमा टिकटकको प्रतिबन्ध पनि समेटिएको छ । कानुनले संघीय सरकारका उपकरणहरूबाट चिनियाँ स्वामित्वको भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउनेछ । चीनको राष्ट्रिय सुरक्षा कानूनले टिकटक वा त्यसको मुल कम्पनी बाइटडान्सलाई अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा हस्तान्तरण […]
सिनेटले अमेरिकामा सरकारी उपकरणहरुमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधबार ढिलो पारित विधेयकमा संघीय कर्मचारीहरूलाई सरकारी उपकरणहरूमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । रिपब्लिकन सिनेटर जोश हाउलीले विधेयक पेश गरेका थिए । यो प्रतिबन्धले कानून प्रवर्तन र राष्ट्रिय सुरक्षामा काम गर्नेहरूको लागि बाहेक अन्यलाई संघीय सरकारले जारी गरेको यन्त्रहरूमा एप डाउनलोड […]
अमेरिकामा टिक टकलाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने उद्देश्यका साथ अमेरिकी सांसदहरूको समुहले नयाँ विधेयक पेश गरेका छन् । रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूको द्विदलीय समूहले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक ल्याएको हो । यो विधेयक टिकटक कम्पनीमा चिनियाँ सरकारको सम्भावित प्रभावको बारेमा ट्रम्प र बाइडेन प्रशासनको व्यापक चिन्ता पछि आएको हो। यो विधेयक पारित भएमा अमेरिकामा टिकटकमा […]
अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने राज्यको संख्या ५ पुगेको छ । चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्मबाट उत्पन्न हुन सक्ने सम्भावित राष्ट्रिय सुरक्षा खतरालाई लिएर अमेरिकामा सरकारी उपकरणहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने राज्यहरुको संख्या बढिरहको छ । बुधबार टेक्सासले यस्तो प्रतिबन्ध लगाएको हो । मेरिल्याण्ड, साउथ डकोटा, साउथ क्यारोलिना र नेब्रास्का पछि लोकप्रिय एप टिकटक […]
काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिबानका अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने […]
तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ ।
तालिवानले अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाएको छ। अफगानी युवाहरुमा उक्त एपको नकरात्मक प्रभाव परेको भन्दै ती एपहरुमाथि प्रतिबन्ध लगाउन निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ।
संगीत, फिल्म र टेलिभिजन शोप ओपेराहरुमाथिको प्रतिबन्धपछि यो रोक लगाउन निर्देशन दिइएको हो। तालिवानले पछिल्लो प्रतिबन्ध युवापुस्तालाई बहकिनबाट रोक्न लागू गरिएको दाबी गरेको…
२८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ एपहरु टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । यद्यपि ट्रम्पको उक्त आदेश विरुद्धमा श्रृंखलाबद्ध रुपमा अदालतमा मुद्दा परेसँगै कार्यान्वयनमा आउन सकेको थिएन । अन्ततः बाइडेन प्रशासनले टम्पकालीन सो कार्याकरी आदेश […]