काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा फेरि दाबी गर्दा लाज पनि लजाएको टिप्पणी गरेका छन्।प्रवक्ता शर्माले ट्वीट गर्दै विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको र लाज स्वयं लजाएको टिप्पणी गरेका हुन्। ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ। लाज स्वयं लजाएको छ’ शर्माले भनेका छन्।शर्माले राष्ट्रपतिजस्तो संस्थालाई अझै कति ओराल