मंसिर १३, काठमाडौं । दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ ।
मेगा बैंक लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार अन्तिम दिन हो ।
दुवै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार (मंसिर १४ गते) बुक क्लोज गर्ने भएसँगै आज (मंसिर १३ गते) सम्मका कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २८ गते साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११:१५ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभा बिहान १० बजे होटल पोखरा ग्राण्ड, पोखरा, पार्दीमा गर्ने जानकारी गराएको छ ।