विराटनगर : दिउँसोको करिब १२ बजे, विराटनगरको प्रचण्ड गर्मी, रोसन (नाङ्लो रेष्टुरेन्टको कुक) अन्य समय जस्तै उही लयमा काम गरिरहेका थिए। ग्यास सकिएर भर्खर नयाँ सिलिन्डर जोडेको थियो।उनी रेष्टुरेन्टमा आउने ग्राहकहरुले रुचाएको परिकार बनाउँदै थिए। त्यतिन्जेल उनी र उनीसँगै काम गरिरहेका साथीहरुले क्षण भरमै काम गर्दै गरेको ठाउँ आगोले कोइला बनाउँछ भन्ने कल्पना पनि गरेका थिएनन्।उनीसँगै उनका श्रीमती, साथीहरु सबै आफ्नै काममा व्यस्त थिए।पकाउँदै गरेको चुल्होमा जडान गरिएको सिलि