सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्ने मिति नजिकिँदै गर्दा खोटाङका दुई गाउँपालिकामा उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानी तीव्र पारिएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज वर्षा सुरु भएसँगै आगामी जेठ ५ गतेदेखि निकाल्ने तयारी थालिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सो बेलिब्रज निकाल्न अगावै उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याउने चटारो लागेको हो ।