काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालन गर्नेतर्फ सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले आज आयोजना गरेको श्रव्यदृश्य बैठकमा उनले उत्पादनमूलक उद्योगको विकास र प्रवद्र्धन गर्न नै सरकारले विशेष ध्यान दिएको बताएका हुन् । वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको […]